दफा १२
कार्यकारी परिषद्को गठन
(१) विश्वविद्यालयको कार्यकारी निकायको रूपमा काम गर्न एक कार्यकारी परिषद् रहनेछ ।
(२) कार्यकारी परिषद्काे गठन देहाय बमोजिम हुनेछः–
(क) उपकुलपति –अध्यक्ष
(ख) डीनहरूमध्येबाट दुई जना –सदस्य
(ग) सभाका सदस्य रहेका क्याम्पस प्रमुखहरुमध्येबाट एक जना –सदस्य
(घ) शिक्षकहरूमध्येबाट कम्तीमा एक जना महिला सहित दुई जना –सदस्य
(ङ) रजिष्ट्रार –सदस्य सचिव
(३) उपदफा (२) बमोजिमका पदेन सदस्य बाहेक अन्य सदस्यको मनोनयन उपकुलपतिकोे सिफारिसमा सभाबाट हुनेछ ।
(४) उपदफा (२) बमोजिमका मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ ।
(५) कुनै कारणले मनोनीत सदस्यको पद रिक्त भएमा बाँकी अवधिको लागि उपदफा (३) बमोजिमको प्रक्रिया पूरा गरी अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।
(६) कार्यकारी परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ र त्यसरी नतोकिएसम्मको लागि बैठक सम्बन्धी कार्यविधि कार्यकारी परिषद् आफैले निर्धारण गर्न सक्नेछ ।